मेसिन सञ्चालन: PET ब्लो मोल्डिङ मेसिन, कम्प्रेसर र चिलर सुचारु रूपमा चलाउने।
तापक्रम र प्रेसर व्यवस्थापन: प्रिफर्म (Preform) तताउने हिटरको तापक्रम र हावाको प्रेसर (Blowing Pressure) आवश्यकता अनुसार मिलाउने।
कच्चा पदार्थ लोड: मेसिनको हपर वा कन्वेयरमा प्रिफर्महरू नियमित रूपमा हाल्ने।
गुणस्तर जाँच: उत्पादित बोतलहरूको तौल, मोटाइ, मुखको थ्रेड (धागो) र तल्लो भाग (Base) ठिक भए/नभएको तथा लिकेज भए/नभएको नियमित जाँच गर्ने।
मोल्ड परिवर्तन र सफाइ: उत्पादनको साइज परिवर्तन गर्दा मोल्ड फेर्न प्राविधिकलाई सघाउने वा आफैं सेट गर्ने र मेसिनको नियमित सरसफाइ गर्ने।