ब्रस मेसिन अपरेटर (Brush Tufting / Making Machine Operator)
माग संख्या
1
कामको प्रकृति
करार
करार अवधि
1
कार्यस्थल
विराटनगर महानगरपालिका, मोरङ, कोशी प्रदेश
कार्यस्थल ठेगाना/शाखा
विराटनरगर १३
अपेक्षित कार्यप्रारम्भ मिति
—
मुख्य जिम्मेवारी तथा कार्यविवरण
मुख्य कार्य विवरण (Job Description):
मेसिन फिडिङ: मेसिनमा ब्रसको प्लास्टिक ह्यान्डल लोड गर्ने र आवश्यक साइज/रङका ब्रिसलहरू (रेशा/धागो) फिडरमा मिलाएर राख्ने।
टफ्टिङ तथा ट्रिमिङ सञ्चालन: स्वचालित रूपमा ब्रिसल भर्ने (Tufting), तार काट्ने र ब्रिसललाई एउटै साइजमा काट्ने (Trimming/Leveling) प्रक्रियाको निगरानी गर्ने।
मजबुती र गुणस्तर जाँच: ब्रिसलहरू राम्रोसँग अड्किएका छन् वा तान्दा फुत्किन्छन् (Pull-test) भन्ने जाँच गर्ने तथा कुनै प्वाल खाली छ कि हेर्ने।
मेसिन जाम हटाउने: तार वा धागो अड्किँदा मेसिन रोकेर तुरुन्त समस्या समाधान (De-jamming) गर्ने।
प्याकेजिङ तयारी: तयार भएका ब्रसहरू गन्ती गरी अन्तिम प्याकिङ सेक्सनमा पठाउने।