कच्चा पदार्थ जाँच गर्ने — उत्पादनमा प्रयोग हुने सामग्रीको गुणस्तर र मापदण्ड जाँच गर्ने।
उत्पादन प्रक्रियाको निरीक्षण गर्ने — उत्पादन भइरहेको समयमा निर्धारित मापदण्ड पालना भए/नभएको हेर्ने।
तयार उत्पादन जाँच गर्ने — तयार वस्तुको आकार, तौल, मात्रा, रंग, बनावट, कार्यक्षमता आदि आवश्यकताअनुसार भए/नभएको जाँच गर्ने।
दोष/खराबी पहिचान गर्ने — उत्पादनमा देखिएका त्रुटि, खराबी वा मापदण्डभन्दा फरक अवस्था पहिचान गर्ने।
खराब उत्पादन छुट्याउने — गुणस्तर नपुगेका सामग्री/उत्पादनलाई अलग राख्ने वा सुधारका लागि पठाउने।
Testing गर्ने — आवश्यकताअनुसार विभिन्न परीक्षण तथा मापन गर्ने र परिणामलाई निर्धारित specification सँग तुलना गर्ने।
गुणस्तरसम्बन्धी अभिलेख राख्ने — inspection, testing, defect तथा corrective action को रेकर्ड राख्ने आदि